२०८३, आषाढ २३ गते

मंगलवार, आषाढ २३ गते २०८३

बिश्व शान्तिको कामना गर्दै पूर्वमन्त्री आलेले कुम्भमेलाबाट जल ल्याएर पशुपतिनाथमा चढाए

शनिवार , फाल्गुण ३, २०८१

काठमाडौँ, ३ फागुन । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले बिश्व शान्तिको कामना गर्दै भारतको उत्तर प्रदेशको पर्‍यागराजमा लागेको कुम्भमेलाको जल ल्याएर आज शनिबार आराध्यवेद भगवान पशुपतिनाथमा चढाउनु भएको छ ।

गत माघ ३० गते पर्‍यागराजमा लागेको कुम्भमेलामा जानु भइ पूर्वमन्त्री एवम् सांसद आलेले त्यहाँको पवित्र जल ल्याउनु भई आज पशुपतिनाथमा चढाउनु भएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पूर्व मन्त्री आलेले पर्‍यागराजमा लागेको कुम्भमेलाबाट पबित्र जल ल्याउनु भई आज बिश्व शान्तिको कामना गर्दै पशुपतिनाथमा चढाउनु भएको हो ।”

यस अघि पुस २० गते विश्व हिन्दु महासंघले सांसद एवं पूर्वमन्त्री आलेलाई हिन्दु रत्न अवार्ड समेत प्रदान गरेको थियो । महासंघले भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजना गरेको एक विशेष समारोहमा सांसद आलेलाई हिन्दु धर्म संरक्षण एवं सम्बद्र्धनका अगुवा कालीबाबा शंकराचार्यसहित महासंघका पदाधिकारीहरुले उक्त अवार्ड प्रदान गर्नु भएको थियो ।

महासंघले प्रत्येक पाँच वर्षमा विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दु धर्मको संरक्षण र सम्बद्र्धनमा विशिष्ट योगदान पुर्‍याउनेलाई उक्त अवार्ड प्रदान गर्दै आएको छ ।

हिन्दु धर्मको संरक्षण र सम्बद्र्धनका साथै सनातन हिन्दु धर्मावलम्बीहरुको सेवा तथा संरक्षणमा विशिष्ट योगदान पुर्‍याएको उल्लेख गर्दै सांसद आलेसहित विश्वका विभिन्न देशका विभिन्न व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गरिएको सांसद आले स्वकीय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट