
म्युनिख । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति जर्मनी वार्यन शाखाको चौँथो अधिवेशन मंगलबार सम्पन्न भएको छ । अधिवेशनले कृष्ण शर्मा रिजालको अध्यक्षतामा ९ सदस्यीय समिती गठन गरेको छ । अधिवेशनले उपाध्यक्षमा रेश्मीराज अर्याल, सचिबमा शन्जु शर्मा, कोषाध्यक्षमा किशोर थापा र सदस्यहरुमा रबी शेखर जोशी, बिशाल बुढा, श्री ज्योती ढकाल, श्री राधिका खतिवडा र श्री नलिना वनेमलाई चयन गरेको छ ।
जनसम्पर्क समिति जर्मनीका सदस्य मोहन गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न सो अधिवेशनले क्रियाशिल सदस्यता बितरण गर्नको लागी नव निर्वाचित अध्यक्ष कृष्ण शर्मा रिजाल तथा कृष्ण ढकाल र हरेन्द्र वनेमलाई जिम्मेवारी दिएको छ । कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष रिजालले भने,‘नेपाली कांग्रेसले आफुलाई विश्वास गरेर सुम्पिएको जिम्मेवारीबाट आफु कहिल्य विचलित हुने छैन । जन्मभूमिको हितका लागि हाम्रा हातहरु सधैंं उठी रहने छन् ।’
कार्यक्रमका प्रमुख अतिथी मोहन गुरुङले हामीहरु विश्वको जुन सुकै कुनामा बसे पनि राष्ट्र र राष्ट्रियताको सवालमा एक भएर कुनै प्रकारको सम्झौता नहुने धारणा ब्यक्त गरे । भेलामा नेपाली जनसम्पर्क समिति जर्मनीका भुतपूर्व उपाध्यक्ष राजदीप शाह, नेपाली जनसम्पर्क समिति बार्यन शाखाका भुतपूर्व अध्यक्ष धर्म ढकाल, नेपाली जनसम्पर्क समिती बार्यन शाखाका निवर्तमान सदस्य कृष्ण ढकालले पनि विचार राखेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend