सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा परेको अवहेलना मुद्दाको पेशी आज

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा परेको अवहेलना मुद्दाको पेशी आज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अवहेलना मुद्दाको पेशी आज तोकिएको छ ।

गिरीबन्धु टी स्टेटबारे सर्वोच्च अदालतले गरेको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा परेको थियो । अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु टी इस्टेट्स सम्बन्धी फैसला कार्यान्वयन नगरेर अदालतको अवहेलनामा कारबाही हुनुपर्ने माग सहित प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका हुन् ।

सर्वोच्चको फैसला कार्यान्वयन नगरेर ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध गरेको ओलीमाथि आरोप छ ।

प्रधानमन्त्रीलाई पदमुक्त गर्न निवेदनमा माग गरिएको छ ।

निवेदनमा प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई विपक्षी बनाइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend