
कोपनहेगन, डेनमार्क । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोपले हरेक बर्ष आयोजना गर्दै आएको युरोपस्तरीय कार्यक्रम अन्तर्गत नृत्य तथा गायन प्रतियोगिताका लागि नियमहरु सार्वजनिक गरेको छ।
इनास यूरोप क्षेत्रीय समिति तथा डेनमार्क राष्ट्रिय समितिको आयोजनामा आगामी मे १६ र १७ तारिख डेनमार्कको कोपनहेगनमा सम्पन्न हुन लागेको दशौं संस्करणको युरोपियन क्षेत्रीय कार्यक्रम अन्तर्गत दशौं एकल नेपाली नृत्य तथा सातौं गायन प्रतियोगिता सम्पन्न हुनेछन।
युरोपमा नयाँ प्रतिभा प्रस्फुटनका निम्ति सुनौलो मंच बन्दै आएको इनासको यस बृहत कार्यक्रममा कलाकारहरुले यूरोपका बिभिन्न राष्ट्रहरुबाट सहभागिता जनाउने छन्।
नृत्य प्रतियोगिता सम्बन्धी नियमहरु:
गीतको भाषा: नृत्य नेपाली भाषाको गीतमा मात्र प्रस्तुत गर्नुपर्नेछ।
प्रस्तुति: नृत्य एकल हुनुपर्नेछ।
गीतको छनोट: प्रतियोगीले आफैं छनोट गर्नुपर्नेछ।
के चाहिन्छ योग्यता ?
प्रतियोगितामा महिला वा पुरुष दुवैले भाग लिन सक्नेछन्।
प्रतियोगीको उमेर कम्तीमा १३ वर्ष हुनुपर्नेछ।
संस्थागत सहभागिता: व्यक्तिगत वा संस्थागत तर संस्थागत सहभागिताका लागि पत्र अनिवार्य हुनेछ।
समय सीमा: नृत्य गर्ने गीत अधिकतम ४ मिनेटको हुनुपर्नेछ।
आवश्यक सामाग्री: नृत्यका लागि आवश्यक सम्पूर्ण सामग्री प्रतियोगी आफैंले व्यवस्था गर्नुपर्नेछ।
नृत्य विधा:
लोक नृत्य: (झ्याउरे, टप्पा, मारुनी, सोरठी, चुट्का, देउडा, हुट्क्यौली, मन्जुश्री, कुमारी, भैरव, साकेला, घाटु, आदि)
आधुनिक नृत्य: (नेपाली पप, आधुनिक, जाज, ब्रेक, र रिमिक्स)
लोकविधा अन्तर्गत नृत्य गर्ने गीतलाई मिक्स गर्न पाइने छैन।
के छ आवेदन प्रक्रिया ?
पासपोर्ट साइज फोटोसहित फारम भर्नुपर्नेछ।
फारम INAS Europe तथा मातहतका राष्ट्रिय समितिहरूबाट प्राप्त गर्न सकिनेछ।
गीतको बोल तथा ट्रयाक सम्बन्धी सम्पूर्ण जानकारी निवेदन संगै समावेश गर्नुपर्नेछ।
देशगत सीमा:
प्रत्येक देशबाट १ जना प्रतियोगी मात्र सहभागी हुन पाउनेछन्।
आयोजक राष्ट्रको हकमा २ जना प्रतियोगीले भाग लिन सक्नेछन्।
आवेदन शुल्क: ५० युरो (फिर्ता नहुने)।
आवेदन बुझाउने अन्तिम मिति: १० अप्रिल २०२५।
प्रतिबन्ध: मादक पदार्थ सेवन गरेर आउने प्रतियोगीलाई समावेश गरिने छैन।
यस्तो छ सुविधा:
१६ र १७ मे सम्म खाना र बस्ने व्यवस्था गरिनेछ।
अन्य सम्पूर्ण व्यवस्था प्रतियोगी आफैंले गर्नुपर्नेछ।
मूल्यांकन मापदण्ड: गीत अनुसारको भेषभूषा, हाउभाउ,
सुरुवात र अन्त्यलाई आधार मानिनेछ।
केके छन् पुरस्कार ?
विजेता: INAS Europe Goodwill Ambassador (१ वर्ष कार्यकाल), उपाधि: INAS Europe Nepali Dancing Star 2025, नगद: ८०० युरो, ट्रफी, प्रमाणपत्र।
पहिलो रनर-अप: INAS Europe Nepali Dancing Star 1st Runner Up 2025, नगद: ५०० युरो, ट्रफी, प्रमाणपत्र।
दोस्रो रनर-अप: INAS Europe Nepali Dancing Star 2nd Runner Up 2025, नगद: ३०० युरो, ट्रफी, प्रमाणपत्र।
सम्पूर्ण सहभागी कलाकारहरुलाई उच्च कदर गर्दै प्रमाण पत्र प्रदान गरिने छ।
विजेताहरूलाई चलचित्र, म्युजिक भिडियो, र अन्य राष्ट्रिय-अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा प्रस्तुति दिने अवसर प्रदान गरिनेछ।
निर्णायक समिति: निर्णायक समितिको निर्णय नै अन्तिम हुनेछ।
के छन् गायन प्रतियोगिता सम्बन्धी नियमहरु ?
गीतको भाषा: प्रतियोगीले गाउने गीत नेपाली भाषाको हुनुपर्छ।
प्रस्तुति: गायन एकल हुनुपर्नेछ।
गीतको प्रकार:
प्रतियोगीले दुई ओटा गीत (आधुनिक र लोक) गाउनुपर्नेछ।
लोकगीत नेपाली संस्कृति, परम्परा, र जीवनशैली झल्कने ठेट लोक भाका समेटिएको हुनुपर्छ।
समय सीमा: प्रत्येक गीत प्रस्तुत गर्न अधिकतम ४ मिनेट प्रदान गरिनेछ।
वाद्यवादन:
आधुनिक गीत म्युजिक ट्रयाकमा गाउन सकिनेछ।
लोकगीत प्रत्यक्ष वाद्यवादनमा गाउनुपर्नेछ।
लोकगीत प्रस्तुत गर्दा गीतलाई सुहाउदो नेपाली भेष भुषा सहितको पहिरनलाई सराहना गरिनेछ।
गीत छनोट:
प्रतियोगीले आफ्नो गीत आफैं छनोट गर्नुपर्नेछ।
प्रतियोगीले छनोट गरेको गीत लोक विधा अन्तर्गत नपरेको खण्डमा गीत परिवर्तन गर्न लगाइनेछ।
योग्यता: कम्तीमा १३ वर्ष उमेर पुगेका नेपाली भाषी महिला तथा पुरुषले भाग लिन सक्नेछन्।
संस्थागत सहभागिता: व्यक्तिगत वा संस्थागत तर संस्थागत सहभागिताका लागि पत्र अनिवार्य हुनेछ।
वाद्यवादन व्यवस्था:
लोकगीतको लागि (मादल, हार्मोनियम, किबोर्ड, पियानो) मध्ये कुनै एक उपलब्ध गराइनेछ।
आधुनिक गीतका लागि म्युजिक ट्रयाकको व्यवस्था प्रतियोगी आफैंले गर्नुपर्नेछ।
देशगत सीमा:
प्रत्येक देशबाट १ जना प्रतियोगी मात्र सहभागी हुन पाउनेछन्।
आयोजक राष्ट्रको हकमा २ जना प्रतियोगीले भाग लिन सक्नेछन्।
कस्तो छ आवेदन प्रक्रिया ?
पासपोर्ट साइज फोटोसहित फारम भर्नुपर्नेछ।
फारम INAS Europe तथा त्यस मातहतका राष्ट्रिय समितिहरूबाट प्राप्त गर्न सकिनेछ।
गीतको बोल सम्बन्धी सम्पूर्ण जानकारी निवेदनका साथमा पठाउनु पर्नेछ।
आवेदन शुल्क: ५० युरो (फिर्ता नहुने)।
आवेदन बुझाउने अन्तिम मिति: १० अप्रिल २०२५।
प्रतिबन्ध: मादक पदार्थ सेवन गरेर आउने प्रतियोगीलाई समावेश गरिने छैन।
यस्तो छ सुविधा:
१६ र १७ मे सम्म खाना र बस्ने व्यवस्था गरिनेछ।
अन्य सम्पूर्ण व्यवस्था प्रतियोगीले आफैंले गर्नुपर्नेछ।
मूल्यांकन मापदण्ड: गीत अनुसारको सुर, ताल, नोटेशन, टाइमिङ्ग आदिमा आधारित हुनेछ।
केके छन् पुरस्कार ?
विजेता: INAS Europe Goodwill Ambassador (१ वर्ष कार्यकाल), उपाधि: INAS Europe Nepali Singing Star 2025, नगद: ८०० युरो, ट्रफी, प्रमाणपत्र।
पहिलो रनर-अप: INAS Europe Nepali Singing Star 1st Runner Up 2025, नगद: ५०० युरो, ट्रफी, प्रमाणपत्र।
दोस्रो रनर-अप: INAS Europe Nepali Singing Star 2nd Runner Up 2025, नगद: ३०० युरो, ट्रफी, प्रमाणपत्र।
सम्पूर्ण सहभागी कलाकारहरुलाई उच्च कदर गर्दै प्रमाण पत्र प्रदान गरिने छ।
विजेताहरूलाई चलचित्र, म्युजिक भिडियो, र अन्य राष्ट्रिय-अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा प्रस्तुति दिने अवसर प्रदान गरिनेछ।
निर्णायक समिति: निर्णायक समितिको निर्णय नै अन्तिम हुनेछ।
प्रतियोगितामा सहभागिता कसरी गर्ने?
नृत्य र गायन प्रतियोगितामा भाग लिन चाहने प्रतिभावान कलाकारहरुले आफू बस्ने राष्ट्रमा रहेको इनासको राष्ट्रिय समितिसँग सम्पर्क गरी प्रारम्भिक अडिसनमा भाग लिनुपर्नेछ। इनासको राष्ट्रिय समिति नभएका युरोपेली मुलुकका कलाकारहरुले इनास युरोपसँग सिधा सम्पर्क गरेर सहभागिता जनाउन सक्नेछन्। यसका लागि इनास युरोपको ईमेल inaseurop@gmail.com मा सम्पर्क गर्न सकिनेछ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend