logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • रिहानाकाे ट्वीटमा कंगनाकाे जवाफ : भारतका किसान आतंकवादी

    रिहानाकाे ट्वीटमा कंगनाकाे जवाफ : भारतका किसान आतंकवादी

    3.2K
    Shares

    काठमाडाैं । भारतभर किसान आन्दोलनको पक्ष र विपक्षमा माहोल बनिरहेकाे अवस्थामा मंगलबार गायिका रिहानाले किसानको पक्षमा ट्वीट गरिन् ।

    रिहानाकाे ट्वीटपछि भारतमा उनको समर्थन र विरोधमा मानिसहरु ओर्लिएका छन् । धेरैले उनलाई किसानको पक्षमा बोलेकोमा धन्यवाद दिइरहेका छन् । केहीले भने विरोध गरिरहेका छन् ।

    भारतमा केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा किसानहरु आन्दोलनमा छन् । 

    सुरुदेखि नै किसान विरोधी अभिव्यक्ति दिने गरेकी अभिनेत्री कंगना रनावतले भने गायिका रिहानाकाे ट्वीटकाे जवाफ फर्काएकी छिन् । उनले किसानहरु आतंकवादी भएकाे र देश टुक्रयाउन अग्रसर भएकाे आराेप पनि लगाएकी छिन् ।

    कंगनाले किसान आतंकवादी भनेपछि भारतभर उनको विरोध भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend