सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

काठमाडौंको धोबीखोलामा खस्यो कार

काठमाडौंको धोबीखोलामा खस्यो कार

काठमाडौं । काठमाडौंको धोबीखोलामा कार खसेको छ । आइतबार साँझ अनामनगरस्थित मदन भण्डारी कलेज छेउमा बा २१ च ६६१४ नम्बरको कार खसेको हो ।

प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन । घटनाबारे अनुसन्धान भइरहेको घटनास्थलमा खटिएका प्रहरीले जनाएको छ ।

कार अनियन्त्रित भएर खोलामा खसेको हो । यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend