२०८३, आषाढ २३ गते

मंगलवार, आषाढ २३ गते २०८३

कञ्चनजंघा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने

सोमवार , फाल्गुण ५, २०८१

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको आयोजनामा कञ्चनजंघा साहासिक हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको आधारशिविरमा म्याराथन प्रतियोगिता हुन लागेको हो ।

गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोका अनुसार सिरिजंघा महोत्सव–२०८२ को अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने छ । कञ्चनजंघा आधार शिविर क्षेत्रमा समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा प्रतिस्पर्धा गराइने गाउँपालिकाले जनाएको छ ।

म्याराथन प्रतियोगिताका विजेतालाई नगद पुरस्कार प्रदान गरिने छ । प्रथम हुनेलाई दुई लाख आठ हजार ५८६ रुपैयाँ, दोस्रो हुनेलाई एक लाख आठ हजार ५८६ रुपैयाँ तथा तेस्रो हुनेलाई ८५ हजार ५८६ रुपैयाँ पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

कार्यपालिकाको निर्णयअनुसार प्रतियोगिता नयाँ झोरेनी, कस्तुरेडाँडा, झण्डेडाँडा, सिन्दुरे ढुगां, तुप्लुङ, दुण्डुडाँडा, ढाउँ चौक, भेडी चोकहुँदै मछेवा पुग्ने २४ किलोमिटर दूरीमा सञ्चालन गरिने छ ।

गाउँपालिकाले प्रतियोगितासँगै माउन्टेन साइकलिङ कार्यक्रम पनि आयोजना गरिने जनाएको छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरबारे अध्ययन, अवलोकन तथा साहसिक पदमार्गको अनुगमनसमेत गर्न सकिने आयोजकको अपेक्षा रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट