logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • राष्ट्र संघका प्रमुखद्वारा म्यानमारको सैन्य कू विफल पार्न आग्रह

    राष्ट्र संघका प्रमुखद्वारा म्यानमारको सैन्य कू विफल पार्न आग्रह

    2K
    Shares

    एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले म्यानमारमा भएको सैन्य कू विफल बनाउन विश्व समुदायलाई आह्वान गरेका छन्।

    उनले संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न आह्वान गरेका हुन् । उनले यो विषयलाई लिएर सुरक्षा परिषद्‌मा एकता हुने आशा रहेको बताए।

    महासचिव एन्टेनियो गुटेरसले चुनावलाई उल्ट्याउनु ‘अस्वीकार्य’ भएको बताउँदै कू गर्नेहरूलाई देशमा शासन गर्ने तरिका यो होइन भनेर बुझाउनैपर्ने बीबीसीमा उल्लेख छ ।

    पश्चिमा देशहरूले कू को निन्दा गरेका छन् तर समान धारणा राखेर वक्तब्य निकाल्न भने चीनले नमानेपछि सुरक्षा परिषद्को प्रयास विफल भएको छ।

    सेनाले सत्ता हातमा लिनुअघि निर्वाचित नेत्री आङ सान सूकी सहित शीर्ष नेताहरुलाई गिरफ्तार गरेको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend