२०८३, आषाढ २३ गते

मंगलवार, आषाढ २३ गते २०८३

‘चुरेको संरक्षणका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक’

मंगलवार , फाल्गुण ६, २०८१

जनकपुर । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले चुरे विनाशले मधेसका जिल्लामा पानीका स्रोतहरू सुक्दै गएकाले यसको संरक्षणमा तीनै तहका सरकारबीचमा समन्वय तथा सहकार्य हुन जरुरी रहेको बताएका छन् ।

जनकपुरधाममा सोमबार प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयको सहकार्यमा जलवायु पूर्वानुमानसम्बन्धी आसमान नेपाल र मर्सिकोर नेपालले आयोजना गरेको जलवायु उत्थानशील सामुदायिक परियोजनाअन्तर्गतको जलवायु अनुकूलनसम्बन्धी एकदिने कार्यशालामा मन्त्री लेखीले सबैको सहकार्य र समन्वयबाट जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सकिने धारणा राखे ।

मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले जलवायु परिवर्तनले यस वर्ष जाडो कम हुनुका साथै हिउँदमा पानी नपरेकाले बढी गर्मी र गर्मीमा आगलागी बढ्ने खतरा रहेकाले यसप्रति सजगता बढाउन जरुरी रहेको बताए । उनले चुरे विनाशको प्रमुख कारण जलवायु परिवर्तन भएको भन्दै यसको संरक्षणमा सबैको सहयोगको आवश्यक औँल्याए ।

मधेसका जिल्लामा जलवायु परिवर्तन अनुकूलन र विपद् जोखिम व्यवस्थापनसम्बन्धी गरिएको अध्ययन प्रतिवेदन सार्वजनिकीकरण गर्दै वातावरणविद् मधुसुदन गौतमले मधेस प्रदेशका जिल्लाहरू प्राकृतिक विपद्को दृष्टिकोणले उच्च जोखिममा रहेकाले जोखिमको सामना गर्न पूर्वतयारीको काम कम भएको बताए ।

जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक अर्चना श्रेष्ठले मौसम विज्ञान विभागले समयमा विभिन्न विषयको पूर्वानुमान गर्ने गरेकाले नेपालमा धेरै धनजनको क्षति हुनबाट जोगिएको उदाहरण दिँदै मधेस प्रदेशका जिल्लामा मौसम विभागले संरचनाहरू विस्तार हुँदै गएको उल्लेख गरिन् ।

प्रदेशको नीति तथा योजना आयोगका सदस्य डा शिला मिश्रले मधेस जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताउँदै वातावरण संरक्षणका लागि सबैमा जागरूकता हुन जरुरी रहेको उल्लेख गरे । मधेस बचाउन चुरे बचाउनुपर्ने भन्दै उहाँले चुरे संरक्षणमा हातेमालो गर्न तीनै तहका सरकारलाई आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट