शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

आमहड्ताल : प्रचण्ड गाडीमा, नेपाल स्कुटरमा सरर…

आमहड्ताल : प्रचण्ड गाडीमा, नेपाल स्कुटरमा सरर…

काठमाडाैं । नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्तालका कारण सडकमा गाडी कम चलेका छन् । गाडी कम हुँदा सर्वसाधारणले भने सास्ती पाएका छन् । 

बिहीबार बिहानदेखि नै आमहड्ताल सफल बनाउन भन्दै नेकपाका नेता कार्यकर्ता सडकमा आएका थिए । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सातदोबाटोबाट जावलाखेल भएर पुल्चोक पुगेका थिए । अर्का अध्यक्ष माधवकुमार नेपाल कोटेश्वर पुगेका थिए । तर आफैँले आह्वान गरेको आमहड्तालमा दुवै अध्यक्ष पैदल हिँडेनन् । प्रचण्ड गाडीमा र नेपाल स्कुटरमा आमहड्ताल सफल बनाउन सडकमा निस्के ।

प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्तालको प्रभाव सहरी क्षेत्रमा परेको छ । ग्रामिण क्षेत्रमा निर्बाधरुपमा गाडी चलेका छन् भने सहरी क्षेत्रमा भने कम मात्रै सार्वजनिक गाडी चलेका छन् ।

काठमाण्डौसहित मुख्य सहरमा गाडी कम चलेका छन् । पसल पनि पूरै खुलेका छैनन् । काठमाण्डौको चक्रपथसहित विभिन्न रुटमा सार्वजनिक गाडी केही चलेका छन् । तर अघिल्ला दिनहरुमा जस्तो धेरै गाडी नचल्दा यात्रुलाई सास्ती भएको छ ।

निजी गाडी र मोटरसाइकल पनि कम चलेका छन् । धेरै शिक्षण संस्था बन्द छन् । परीक्षार्थी हिँडेरै परीक्षा केन्द्रमा गएका छन् ।

हड्तालकाे देशभर नै मध्यमस्तरकाे प्रभाव परेकाे देखिएकाे छ । देशका मुख्यमुख्य शहरमा बन्दकाे प्रभाव देखिएकाे छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend