शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप : पूर्वमन्त्री घाइते, प्रहरीद्वारा हवाई फायर 

जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप : पूर्वमन्त्री घाइते, प्रहरीद्वारा हवाई फायर 

काठमाडाैं । जनकपुरमा प्रहरी र नेकपा दाहाल नेपाल पक्षबीच भएको झडपमा दुई जना पूर्वमन्त्री घाइते भएका छन् । पूर्वमन्त्री रामचन्द्र झा र मातृका यादव घाइते भएका हुन् ।

जनकपुरधाममा बजार बन्द गराउन हिँडेका प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । बजार गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरूलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो । 

प्रहरीले गरेको लाठीचार्जबाट नेता झा र यादवसहितका नेता घाइते भएका हुन् । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाइ फायर समेत गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend