शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

ओलीका रेल महाप्रबन्धक गुरु भट्टराईले गरे रामकुमारी झाँक्रीप्रति अश्लील ब्यङ्ग्य 

ओलीका रेल महाप्रबन्धक गुरु भट्टराईले गरे रामकुमारी झाँक्रीप्रति अश्लील ब्यङ्ग्य 

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बनाएका नेपाल रेलवेका महाप्रबन्धक गुरु भट्टराईले रामकुमारी झाँक्रीलाई अश्लिल ब्यङ्ग्य गरेका छन् । उनले फेसबुकमा रामकुमारी झाँक्री कुनै विदेशी भूमी जस्तो देखिने स्थानमा एक नग्न पुरुषको सालिक अगाडि उभिएको तस्विर राख्दै लेखेका छन्, ‘उहाँ बिछट्टै खुसी हुनुहुन्छ । हाँस्न चै के देखेर हास्नु भो कुरो बुझिएन ।’

भट्टराईले केही समय अगाडि लेखक, पत्रकार तथा नागरिक अगुवा नारायण वाग्लेप्रति निकै तल्लो स्तरको भाषा प्रयोग गरेर टिप्पणी गरेका थिए । नागरिक आन्दोलनमाथि सरकारले दमन गरेपछि ओली सरकारको बचाउ गर्दै उनले वाग्लेको नामै लिएर, ‘चुनाव आउँदा नेकाको भोट माग्दै हिँड्ने, लेख्न परे विदेशी एजेण्डा वाक्ने नारन वाक्ने नागरिक अगुवा रे’ भन्दै टुइट गरेका थिए । 

ओलीले यस्तो तुच्छ टिप्पणी गर्ने मानिसहरुलाई प्रशंसा गर्ने गरेको पनि जानकारहरु बताँउछन् । केही मानिसहरु यीनको यस्तो हदै तुच्छ स्तरको टिप्पणी गर्ने बानिलाई मन पराएर ओलीले नेपाल रेलवेकाे महाप्रबन्धक बनाएको धारणा पनि राख्छन् । उनले ओलीले गरेका हरेक तुच्छ टिप्पणीहरुको प्रशंसा गर्ने गर्दछन् । 

यसरी नेपाल सरकारका कर्मचारीको हैसीयतमा रहेका भट्टराईले फेसबुक तथा टुइटरमा न्यूनतम पेशागत तथा मानवीय मर्यादा पनि नराखि हदै निकृष्ट स्तरमा आफ्ना आलोचकहरुलाई जवाफ दिने गरेका छन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend