२०८३, आषाढ २३ गते

मंगलवार, आषाढ २३ गते २०८३

फागुन ७, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन : प्रधानमन्त्री ओली

बुधवार , फाल्गुण ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शार्मा ओलीले फागुन ७ नेपाली जनताको सर्वाधिक महत्वको दिन भएको बताएका छन् ।

७५औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन फागुन ७ रहेको बताएका हुन् । उनले भनेका छन्- 'गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना ।'

प्रधानमन्त्री ओलीले जहानियाँ शासन विरुद्ध जीवन उत्सर्ग गर्नेहुने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ लगायत अमर शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान अर्पण गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट