२०८३, आषाढ २३ गते

मंगलवार, आषाढ २३ गते २०८३

लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट ७६ जना विद्यार्थी दीक्षित

बुधवार , फाल्गुण ७, २०८१

काठमाडौँ । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट यो वर्ष ७६ जना विद्यार्थी दीक्षित भएका छन् ।

मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनसँग सहकार्य गर्दै आएको लर्डबुद्धबाट एमएस्सी आइटीएम, एमबिए, बीबीएम र बिएस्सी आइटीमा ७६ जना विद्यार्थी दीक्षित भएका हुन ।

काठमाडौँमा आयोजित कार्यक्रममा लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालान र एसिया प्यासिफिक युनिभर्सिटीका प्रमुख सञ्चालन अधिकृत गुरप्रदीप सिंहले प्रमाणपत्र हस्तान्तरण गरे ।

सूचना प्रविधि सम्बन्धी सबैभन्दा पुरानो कलेजको २६ वर्षको इतिहासमा १३ हजार भन्दा बढी विद्यार्थी दीक्षित भइसकेका छन् । एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनले मलेसियामा फाईभ स्टार र्याङक प्राप्त गर्न पनि सफल भएको छ ।

लर्डबुद्ध एजुकेशन फाउन्डेसनले सिकाएको सिपले जीवनमा आउने अन्य जटिल परिस्थितिसँग लड्न हरेक विद्यार्थी सक्षम हुनेमा आफू आशावादी रहेको अध्यक्ष जालानले बताए ।

प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष जालानले भने, ‘तपाईँहरूको जीवनको एउटा खुड्किलो आज पार भएको छ । आगामी दिनमा जुध्न पर्ने हरेक परिस्थितिमा यहाँ सिकेको सिप प्रयोगमा आउनेमा आशावादी छु ।’

कार्यक्रममा एसिया प्यासिफिक युनिभर्सिटीका प्रमुख सञ्चालन अधिकृत गुरप्रदीप सिंहले एआई केवल प्रवृत्ति भएको भन्दै मानवमा रहेको भावना, अनुभूति, र आत्मीयतालाई एआईले कहिल्यै प्रतिस्थापन गर्न नसक्ने बताए। सिंहले मानवीय पक्ष, भावना, र संवेदनशीलतालाई जोगाउने प्रयास गर्दै जान दीक्षित विद्यार्थीलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेश अग्रवालले अर्थतन्त्रको संवाहकको क्षेत्रका रूपमा लिइने सूचना प्रविधिको क्षेत्रमा विद्यार्थीहरूलाई स्वागत गरे । उनले लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा आइटी मिटिङ, सेमिनार र एक्स्पो गर्न आग्रह गरे । उनले फाउण्डेशनबाट उत्पादन भएका जनशक्तिको रोजगारीको व्यवस्थामा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट