शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

जसपाका यी नेताहरुलाई तान्न खोज्दै प्रधानमन्त्री ओली

जसपाका यी नेताहरुलाई तान्न खोज्दै प्रधानमन्त्री ओली

काठमाडौं । दुई दिनअघि जनता समाजवादी पार्टी (जसपा) का नेता शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरे । शिवजी यादव अध्यक्ष उपेन्द्र यादव निकट मानिन्छ । जसपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जसपाका अन्य नेताहरूलाई समेत पार्टी प्रवेश गराउने प्रयासमा छन् ।

जसपाका नेताहरू त्यसमा पनि उपेन्द्र यादवनिकटलाई पार्टी प्रवेश गराएर प्रदेश २ मा आफ्नो उपस्थिति बलियो गराउने प्रयासमा प्रधानमन्त्री ओली रहेका छन् । जसपा स्रोतकाअनुसार विमल श्रीवास्तव, प्रदीप यादव, रेणु यादव, उमाशंकर अरगरिया लगायतका नेताहरूलाई ओलीले नेकपामा ल्याउने प्रयास गरिराखेका छन् । जसपामा बलियो देखिएको उपेन्द्र यादवको समूहलाई विभाजित गरेर प्रदेश २ मा आफ्नो उपस्थिति बलियो बनाउने कसरतमा ओली रहेका छन् ।

स्रोतका अनुसार श्रीवास्तवले प्रतिनिधिसभा विघटनअघि नै जसपाबाट करिब १२ जना सांसद बोकेर नयाँ पार्टी बनाउने र ओली समूहमा समाहित हुने प्रयास गरेका थिए । तर, त्यतिबेला राजनीतिक दलसम्बन्धी ऐनको दफाले रोकेको थियो । ऐनले संसद् र केन्द्रीय समिति दुवैतिर ४० प्रतिशत संख्या चाहिने व्यवस्था गरेको छ ।

तर, केन्द्रीय समितिमा श्रीवास्तवले ४० प्रतिशत पुर्याउने सम्भावना थिएन । त्यसैले त्यतिबेला रोकिएका श्रीवास्तवलाई अहिले बाटो खुला भएको हो ।

श्रीवास्तव स्थानीय निर्वाचनका बेला राजपाबाट वीरगञ्ज महानगरको मेयरमा टिकट नपाएपछि विजय गच्छदारको लोकतान्त्रिक फोरमबाट मेयरको उम्मेदवार भएका थिए । मेयरमा पराजित भएपछि संघीय समाजवादीमा प्रवेश गरेर श्रीवास्तवले प्रतिनिधिसभाको टिकट हात पारेका हुन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend