शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

ओली पक्ष नेकपाको बृहत जनसभा व्यवस्थापन तयारी: मोबाइल ट्वाइलेट देखि रक्तदानसम्म 

ओली पक्ष नेकपाको बृहत जनसभा व्यवस्थापन तयारी: मोबाइल ट्वाइलेट देखि रक्तदानसम्म 

काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा अ‍ोली समूहको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज राजधानीमा बृहत जनसभाको आयोजना गरेको छ ।

दिउँसो १२ बजेदेखि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको गेटअगाडि हुन लागेको जनसभाका लागि अहिले तयारी भइरहेको छ । विभिन्न ठाउँबाट निकालिएको जुलुस त्यस स्थानमा पुगेर सभामा परिणत हुनेछ । जसको व्यवस्थापनका लागि २५ सय स्वयंसेवक खटाइने नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

त्यस्तै उनका अनुसार कोभिड-१९ को कारण स्वास्थ्य सुरक्षामा ध्यान दिँदै दुई लाख मास्क वितरण गरिनेछ । सभालाई व्यवस्थित बनाउनका लागि ६ ठाउँमा मोबाइल ट्वाइलेटको समेत व्यवस्था गरेको अध्यक्ष श्रेष्ठले बताए । 

त्यस्तै जनसभा अन्तर्गत नै सहभागीहरुले रक्तदान गर्न पाउने गरी त्रिचन्द्र क्याम्पसमा रक्तदान कार्यक्रमको आयोजना पनि गरिएको छ भने प्रधानमन्त्रीलगायत मञ्चमा रहेका नेताहरुलाई हेर्न र भाषण सुन्न पाँच ठाउँमा डिजिटल स्क्रिनको व्यवस्था मिलाइएको छ । 

जनसभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, सचिवालय सदस्य रामबहादुर थापा, इश्वर पोखरेल, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल र पार्वती रावलले सम्बोधन गर्ने कार्यक्रम छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend