बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका पोलिटब्युरो सदस्य तथा पुर्व संविधान सभा सदस्य विदुर सापकोटाको निधन भएको छ । केही दिन देखि ज्वरो आएर अस्पताल भर्ना भएका सापकोटाको निधन भएको परिवार श्रोतले जनाएको छ।

उनको काठमाडौ चाबहिल स्थित हेल्पिङ हेण्स अस्पतालमा उपचार भइरहेको थियो । सापकोटा बाग्मती प्रदेश कमिटी सह ईन्चार्ज पनि हुन ।

उनी काभ्रे जिल्लाका कम्युनिष्ट आन्दोलनका एक धरोहर मानिन्छन । उनि काभ्रेबाट २०७० सालको संबिधान सभा निर्वाचनमा निर्वाचित भएका थिए ।

सापकोटाको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ८ बजेदेखि १० बजेसम्म केन्द्रीय पार्टी कार्यालय आलोकनगरमा राखिने जनाइएको छ। उनको आजै हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend