शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रचण्डलाई बादलकाे जवाफ : मांशाहारी आन्दोलन गर्नेलाई जावलाखेलको ‘जू’ मा लगेर बन्द गरिनेछ

प्रचण्डलाई बादलकाे जवाफ : मांशाहारी आन्दोलन गर्नेलाई जावलाखेलको ‘जू’ मा लगेर बन्द गरिनेछ

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले मांसहारी आन्दोलन गर्नलाई जावलाखेलको चिडियाखानामा लगेर बन्द गर्नै चेतावनी दिएका छन् ।

ओली समूहले शुक्रबार राजधानीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेपालको संविधानले मांसहारी आन्दोलनलाई अपराध घोषणा गरेको बताए ।

उनले भने ‘ ‘मांसाहारी आन्दोलनबाट नेतृत्वलाई अपदस्थ गर्ने घोषणा गर्दै हिँडेका छन् । मांशाहारी आन्दाेलनलाई हाम्राे कानुनले अपराध मानेकाे छ । म उनीहरुलाई भन्न चाहन्छु मांशाहारी आन्दोलन गर्नेलाई जावलाखेलको ‘जू’ मा लगेर बन्द गरिनेछ ।’

प्रचण्डले केहीदिन अघि भाषणमा शाकाहारी आन्दोलनबाट पार नलागेको भन्दै मांसाहारी आन्दोलनमा जानुपर्ने बताएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend