logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • उत्तरी अफगानिस्तानमा भएको झडपमा २६ जनाको मृत्यु

    उत्तरी अफगानिस्तानमा भएको झडपमा २६ जनाको मृत्यु

    1.5K
    Shares

    काबुल । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा भएको झडपमा परी सरकार समर्थक १६ लडाकू र १० तालिबान लडाकूको मृत्यु भएको जिल्ला उपप्रमुख क्युट्रातुल्लाह साफीले जानकारी दिएका छन् । यस झडपमा सरकार समर्थक लडाकूका कमाण्डर अब्दुल हाकिमसहित १६ जनाको मृत्यु भएको छ । तालिबान विद्रोहीतर्फ १० जना मारिएका समाचारमा जनाइएको छ । तालिबान लडाकू पाँचसहित नौ जना घाइते भएका पनि  साफीले बताएका छन् । 

    सयौं तालिवान लडाकूहरूले बिहान सबेरै खानबाद जिल्लाको टेपा अख्तर इलाकामा सरकार समर्थक लडाकूमाथि आक्रमण गरेका थिए । उक्त आक्रमण तीन घण्टासम्म जारी रहेको स्थानीयले जानकारी दिएका छन् । कुन्दुज प्रान्तीय परिषदका प्रमुख मोहम्मद युसुफले यस झडपमा सरकार समर्थक १६ लडाकूको मृत्यु भएको पुष्टि गरेका छन् । तालिबान लडाकू समूहले भने यस झडप र हताहतबारे कुनै टिप्पणी गरेका छैन । रासस 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend