काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव नेपाल समूहले गरेको आन्दोलनलाई जनतालाई दु:ख दिने आन्दोलनको संज्ञा दिएका छन् ।
ओलीले प्रचण्ड–माधव पक्षलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी पनि दिएका छन् । शुक्रबार आफूपक्षीय भेला सम्बोधनका क्रममा उनले भने ‘शाकाहारी आन्दोलन हुन्न भनेको के हो ? चिकन चिल्ली खान्छु भनेको हो ? नरभक्षी आन्दोलन गर्छु भनेको हो ? अब नरभंक्षी आन्दोलन हुँदैन । नेपाल शान्तिपूर्ण तरिकाले अगाडि बढ्छ ।’
सभामा आउन नदिनका लागि नेपाल बन्द गरेको आरोपसमेत लगाए । ‘बाटो बन्द गरेर खाल्डा खनेर रोक्ने काम गरे। बम राखेर विप्लव लेख्ने काम गरे,’ प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओलीले भने।
सर्वहारा भन्नेले किसानको तरकारी फालेको र श्रमजीवीको ट्याक्सी जलाएको आरोप पनि उनले लगाए ।