काठमाडाैं । प्रदेश १ सभाको बैठक स्थगित भएको छ । आइतबार अपरान्ह २ बजे बस्नेगरी बैठक डाकिएको भए पनि कार्यसूचीबारे कार्यव्यवस्था समितिमा सहमति बन्न नसक्दा बैठक निर्धारित समयमा शुरू हुन सकेको थिएन ।
मुख्यमन्त्री शेरधन राईविरूद्धको अविश्वासको प्रस्ताव पेस गर्ने सहमतिपछि बैठक शुरू भएको थियो ।
बैठक शुरू भएलगत्तै सत्तारुढ नेकपा ओली समूहका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
उनीहरुले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ सांसदलाई हलमा प्रवेश दिएको भनी उठेर विरोध जनाएका थिए ।