logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • इरानमाथिको प्रतिबन्ध हट्दैन : राष्ट्रपति बाइडेन

    इरानमाथिको प्रतिबन्ध हट्दैन : राष्ट्रपति बाइडेन

    2.7K
    Shares

    वाशिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमाथि लगाएको अमेरिकी आर्थिक प्रतिबन्ध नहट्ने बताएका छन् । अमेरिकाले इरानको आणविक सम्झौताको पुनःकार्यान्वयन गर्न इरानमाथि दबाब कायम राख्नका लागि गरिएको बताएको छ ।

    शुक्रबार सीबीएस न्यूजले लिएको अन्तर्वार्तामा बाइडेनलाई ‘अमेरिकाले वार्ताका लागि इरानलाई तयार पार्न प्रतिबन्ध हटाउँछ रु’ भनेर सोधिएको थियो, प्रश्नमा बाइडेनले प्रतिबन्ध नहट्ने बताएका हुन् । उनले इरानले युरेनियम प्रवर्द्धनलाई रोके पनि अमेरिकी प्रतिबन्ध जारी नै रहने बताएका छन् । 

    सन् २०१५ मा विश्वका ६ शक्तिशाली देशबीच भएको आणविक सम्झौताअन्तर्गत इरानलाई सीमित मात्रामा युरेनियम प्रवर्द्धन गर्न पाउने अनुमति थियो । सन् २०१८ मा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौताबाट बाहिरिए । तर बाइडेनले यस सम्झौतालाई पुनःकार्यान्वयन गर्ने बताएका छन् । 

    त्यस्तै इरानका सर्वोच्च नेता इम्पुल्लाह खमानेईले आइतबार अमेरिकाले आर्थिक प्रतिबन्ध हटाएमात्रै पुरानै सम्झौतामा इरान पनि सहमत हुने बताएका थिए । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend