काठमाडाैं । भारतकाे उत्तराखण्डमा आइतबार हिमताल फुटेर आएकाे बाढीमा २ सय मानिस अझै बेपत्ता छन् । हालसम्म ११ जनाको शव भेटिएकाे छ ।
हिमनदीमा आएकाे बाढीले धौलिगंगाको ऋषिगंगा पावर प्रोजेक्टको बाँध फुटाएको थियो ।
याे प्रोजेक्टको सुरुङमा अझै ३५ जना फसेको बीबीसी हिन्दीले उल्लेख गरेकाे छ । त्यहाँका केही मानिसलाई भने जिवित्तै उद्धार गरिएको छ। उद्धार कार्यको भिडियो तथा फोटोहरु पनि सार्वजनिक भइरहेका छन् ।
प्रोजेक्टमा कार्यरत करिब २ सय व्यक्तिहरु हाल अझै बेपत्ता अवस्थामा छन् । उनीहरुकाे खाेजी भइरहेकाे छ ।