logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • कविता: तेरो गोड्से अनि हाम्रा गान्धी

    कविता: तेरो गोड्से अनि हाम्रा गान्धी

    3K
    Shares

    तँ होली वाइन पिउँदै मन्दिर मन्दिरबाट गोड्सेलाई जन्माउँदै जा
    हामी घरघर बाट गान्धी लिएर आउँछौँ ।

    तँ यानी कि तानाशाह
    तैँले कहिले पनि कब्जा गर्न नसकेको त्यो सडकमा
    तेरो दुषित हृदयलाई देवत्वको न्यानो झिल्कोले ढडेलो लगाउन
    तेरो प्रतिगमन र तुच्छ राष्ट्रवादले फ्रीज भएर जकडिएको मस्तिष्कहरुलाई देशभक्तिको पारिलो रापले पगाल्न

    तेरो सफेद झुटको दलालीमा परेर रित्तिएका आम निर्दोष जनताको सत्य आशाहरुलाई
    सत्याग्रहको अहिंसा र प्रेमले भर्न हामी घरघरबाट गान्धी लिएर आउँछौँ।
    तँ होली वाइन पिउँदै मन्दिर मन्दिरबाट गोड्सेलाई जन्माउँदै जा हामी घरघरबाट गान्धी लिएर आउँछौँ ।

    तेरो जोकर चरीत्र र अभिमानले ग्रस्त रोगी शरीरले
    आशन ग्रहण गर्ने त्यो कुर्सी तैँले गरेको मानव हत्याले होइन हाम्रा शहीदको बलिदानीले बनाएको थियो
    तर अपसोच तैँले जोक हान्दा हान्दै जय नेपाल भन्ने शुक्रराजलाई बिर्सिस् अनि सम्झिस् प्रतिगमनका तेरा बा महेन्द्रलाई ।

    त्यसैले ओए दलालीको हजुरबाउ प्रतिगमनका बाउ
    अब तेरो प्रतिगमनले घाउ लगाएका हाम्रो संविधानका कलिला कोमल छालामा लोकतन्त्रको लेप लगाउन
    हामी तेस्रो जनआन्दोलन स्वरुप घर घर बाट गान्धी लिएर आउँछौँ ।
    तँ होली वाइन पिउँदै मन्दिर मन्दिरबाट गोड्सेलाई जन्माउँदै जा हामी घर घरबाट गान्धी लिएर आउँछौँ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend