२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

प्रथम कोशी प्रदेश खेलकुद महोत्सव सुरु, सभामुख विष्टद्वारा उद्घाटन

मंगलवार , फाल्गुण १३, २०८१

विराटनगर । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले प्रथम कोशी प्रदेश खेलकुद महोत्सव - २०८१ को उद्घाटन गरेका छन् । मंगलबार विराटनगर स्थित शहिद रंगशालाको मैदानमा सभामुख विष्टले फागुन १३ देखि १८ गते सम्म संचालन हुने खेलकुद महोत्सवको उद्घाटन गरेका हुन् ।

महोत्सवको उद्घाटन गर्दै सभामुख विष्टले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्न विद्यालय स्तरबाटै खेलकुदलाई पाठ्यक्रममा समावेश गरेर लग्न सुझाव दिए । विष्टले खेलकुद सम्भावना युक्त क्षेत्र रहेको भन्दै निरन्तरको खेलकुद गतिविधिले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।

उद्घाटन समारोहमा बोल्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले खेलकुद महोत्सवलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिने बताए । राईले प्रदेश स्तरीय खेलकुद प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न समेत सहयोग गर्ने जानकारी दिए ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले बोर्डले 'खेल गतिनै खेलाडीको प्रगति' हो भन्ने मान्यतासाथ प्रतियोगिता आयोजना गरेको प्रष्ट पर्नु भएको थियो। बस्नेतले बोर्डले खेल महोत्सवको निरन्तरताका लागि आवश्यक सबै पहल गर्ने धारणा पर्ने व्यक्त गरे ।

उनले नियमितको खेल गतिविधिले खेलाडीको प्रतिभामा निखार ल्याउने बताउँदै खेलाडीलाई खेल खेलेरै जीवनयापन गर्ने अवस्था सिर्जना गर्न सबै पक्ष एक ढिक्का भएर लाग्नु पर्ने समेत बताए ।

उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउट लगायतले शुभकामना व्यक्त गरे ।

फागुन १८ गते सम्म संचालन हुने महोत्सवमा विभिन्न खेलका प्रतियोगिताहरु मोरङ र झापा लगायतको स्थानमा हुँदैछ । महोत्सवमा प्रदेशस्तरीय महिला फुटबल, महिला तथा पुरुष दौड, महिला तथा पुरुष कब्बड्डी, भेट्रान बाघचाल, महिला तथा पुरुष टेबलटेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराते, महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस र डोरीतान लगायतको खेलकुद प्रतियोगिता समावेश छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट