२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

सांसद महाधिवेशनमा : प्रतिनिधि सभा ६ दिन प्रतीक्षामा

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी हुन पार्टीका सबै सांसद चितवन जाने भएपछि प्रतिनिधि सभाको बैठक ६ दिनका लागि स्थगित गरिएको छ ।

शनिबारदेखि सुरु हुने महाधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ । रास्वपाले आफ्ना सबै सांसदलाई महाधिवेशन प्रतिनिधि बनाएको छ । मन्त्रीहरू समेत महाधिवेशनमा सहभागी हुने भएपछि सभामुख डिपी अर्याल ले प्रतिनिधि सभाको बैठक ६ दिनका लागि स्थगित गरेका हुन् । 

सामान्यतया शनिबार र आइतबार सार्वजनिक बिदा हुने भए पनि आवश्यकताअनुसार यसअघि आइतबार समेत संसद बैठक बस्ने गरेको थियो ।  तर रास्वपाका सबै सांसद महाधिवेशनमा सहभागी हुने भएपछि संसद सञ्चालन गर्न कठिनाइ परेको स्रोतको भनाइ छ ।

संसद सचिवालयका एक कर्मचारीका अनुसार संसदमा प्रतिनिधित्व गर्ने कुनै दलको महाधिवेशन चलिरहेको अवस्थामा, विशेषगरी त्यस दलका अधिकांश सांसद सहभागी हुने भएमा सदन स्थगित गर्ने अभ्यास विगतदेखि नै रहँदै आएको बताए ।

उनले भने, ‘संसदमा प्रतिनिधित्व गर्ने दलहरूको महाधिवेशनका बेला, यदि सदन सञ्चालनको तालिका परेको छ भने बैठक स्थगित गर्ने प्रचलन नयाँ होइन, यसअघि पनि यस्ता उदाहरण छन् । ’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट