मुम्बई । अश्लिल भिडियो बनाएको आरोपमा भारतीय अभिनेत्री गहना वशिष्ठ पक्राउ परेकी छिन् । ३२ वर्षीया अभिनेत्रीलाई पोर्न भिडियो बनाएर वेबसाइटमा अपलोड गरेको आरोप लागेकाे छ ।
मुम्बइ प्रहरीका अनुसार गहनाले ८७ वटा पोर्न भिडियो बनाएको आरोप लगाएको छ ।
उनका सहयोगीले भने वक्तव्य जारी गरेर गहनालाई फसाइएको आरोप लगाएका छन् । वक्तव्यमा गहना कुनै पोर्न र्याकेटमा संलग्न नभएको समेत दाबी गरिएको छ ।