२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मुस्ताङमा पुँजीगत खर्च निराशाजनक, ३ अर्ब ७९ करोड बजेटमा १ अर्ब ६६ करोड खर्च

शुक्रवार , फाल्गुण १६, २०८१

मुस्ताङ । यहाँ सञ्चालित प्रादेशिक कार्यालयहरूको चालु आर्थिक वर्षको प्रथम छ महिनाको पुँजीगत खर्च निराशाजनक देखिएको छ भने संघीय कार्यालयको खर्च भने सन्तोषजनक पाइएको छ ।

जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवका निम्ति विनियोजित बजेटको अनुपातमा यहाँका प्रादेशिक कार्यालयको खर्च निराशाजनक र संघीय कार्यालयतर्फको सन्तोषजनक पाइएको हो ।

संघीयतर्फ साविकका कार्यालय जनशक्ति यथावत परिचालित भएकाले बजेट खर्च सन्तोजनक रहे पनि प्रादेशिकतर्फ नयाँ कार्यालय थपिएका, जनशक्ति अभाव र प्रदेश सरकारको अस्थिरतालगायत कारणले प्रादेशिक खर्च अपेक्षाअनुरुप हुन नसकेको कोष नियन्त्रक जब्बरबहादुर भण्डारीले बताए ।

चालु आवका लागि संघीय तथा प्रादेशिक कार्यालय र स्थानीय तहका लागि कुल तीन अर्ब ७९ करोड ८६ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन भएकामा एक अर्ब ६६ करोड रुपैयाँ बजेट खर्च भएको उनले जानकारी दिए ।

उक्त कार्यालयका अनुसार चालु वर्षका लागि मुस्ताङका पाँच स्थानीय तहलाई ९७ करोड ३८ लाख २७ हजार रुपैयाँ वित्तीय हस्तान्तरण बजेट विनियोजन भएकामा साउनदेखि पुस महिनासम्म ४६ करोड ६५ लाख वित्तीय हस्तान्तरण भइसकेको छ ।

संघीय कार्यालय र संघीय अनुदान वित्तीय हस्तान्तरणतर्फ दुई अर्ब ९२ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन भएकामा समीक्षा अविधिमा एक अर्ब ४१ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ ।

५ करोड ६० लाख राजस्व संकलन

चालु आर्थिक वर्षको छ महिनामा पाँच करोड ६० लाख ३४ हजार रुपैयाँ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

संघीयतर्फ चार करोड २८ लाख ७४ हजार रुपैयाँ तथा प्रदेशतर्फ एक करोड ३१ लाख ५९ हजार रुपैयाँ संकलन भएको हो । उक्त रकम संघीयतर्फका १४ र प्रदेशका नौ वटा वटा कार्यालयले असुल गरेका हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट