बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

काठमाडौं उत्सवः कविहरुले गुन्गुनाए कविता

काठमाडौं उत्सवः कविहरुले गुन्गुनाए कविता

काठमाडौं । कला, साहित्य र पर्यटनसम्बन्धी काठमाडौं उत्सव शुरु भएको छ । शुक्रबार काठमाडौंको पर्यटन बोर्डमा उत्सव शुरु भएको हो ।

राष्ट्रिय कला साहित्य प्रतिष्ठानको आयोजनामा उत्सव शुरु भएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, वरिष्ठ साहित्यकार वैरागी काईंला, अनुप बराल लगायतका साहित्यकारहरुको उपस्थिति रहेको छ ।

उत्सवले साहित्य,सम्पदा, सभ्यता, पहिचानलाई उजागर गरी संरक्षण गर्नुपर्नेमा जोड दिएको छ । यस किसिमका उत्सवहरु देशका विभिन्न कुना कन्दराहरुमा पनि हुन जरुरी रहेको साहित्यकारहरुको भनाइ छ । सो अवसरमा साहित्यकारहरुले आफ्ना सिर्जना वाचन गरेर सुनाएका थिए ।

साहित्यकारहरुले साहित्यमार्फत देशको संस्कार, संस्कृति, सभ्यता, पहिचानलाई प्रवद्र्धन गर्न जरुरी रहेको बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend