logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • बङ्गलादेशमा ८९‍‍.९४ प्रतिशत कोभिड–१९ सङ्क्रमित सङ्क्रमणमुक्त 

    बङ्गलादेशमा ८९‍‍.९४ प्रतिशत कोभिड–१९ सङ्क्रमित सङ्क्रमणमुक्त 

    2.7K
    Shares

    ढाका । बङ्गलादेशमा चार लाख ८४ हजार ५७३ कोभिड–१९ सङ्क्रमित सङ्क्रमणमुक्त भएका बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले मङ्गलबार जानकारी गराएको छ । तथ्याङ्क अनुसार कोभिड–१९ सङ्क्रमणपछि १.५३ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने ८९.९४ प्रतिशत व्यक्ति निको भएका छन् । 

    विगत २४ घण्टामा बङ्लादेशमा सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ३८७ रहेको छ । उक्त अवधिमा आठ सङ्क्रमितको मृत्यु भएको छ ।

    बङ्गलादेशमा कूल आठ हजार २२९ व्यक्तिको कोभिड–१९ सङ्क्रमणपछि मृत्यु भएको छ । 

    सरकारी तथ्याङ्क अनुसार एशियाली यस मुलुकमा विगत २४ घण्टामा ६४२ सङ्क्रमणमुक्त भएका छन् । यो अवधिमा १४ हजार ४६८ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ । रासस 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend