२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

कांग्रेसले भन्यो : पाथीभरा केबलकार निर्माणको विवाद वार्ताबाट समाधान गर्नुपर्छ

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौँ । नेपाली कांग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताबाट समाधान गर्नुपर्ने बताएको छ ।

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले यस्तो धारणा व्यक्त गरेको हो ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकले नो केबलकार भन्ने कुरामा कांग्रेसको सैद्धान्तिक सहमति नरहेको बताए । उनले सो विवादलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको बताए ।

वार्ता निष्कर्षमा नपुगेसम्मका लागि केबलकार निर्माण कार्य स्थगित गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको कांग्रेसले जनाएको छ ।

त्यस्तै बैठकमा नयाँ विधेयकहरूका विषयमा छलफल भएको प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट