२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

शैक्षिक क्षेत्र सुधारका लागि नयाँ शिक्षा ऐन आवश्यक छ : मन्त्री भण्डारी

शुक्रवार , फाल्गुण १६, २०८१

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शैक्षिक क्षेत्र सुधारका लागि नयाँ शिक्षा ऐन आवश्यक रहेको बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीको १८औँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री भण्डारीले समग्र शैक्षिक क्षेत्रको विकासका लागि नयाँ शिक्षा ऐन ल्याइन लागिएको बताए ।

उनले भने, “नयाँ शिक्षा ऐन चाँडै आउनेछ, सबै शिक्षकहरूका मागलाई अधिकतम रूपमा सम्बोधन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने हिसाबले सरकारले उक्त ऐन ल्याउन लागेको हो ।”

शिक्षकहरूका तर्फबाट व्यक्त भएका मागलाई ऐनले सम्बोधन गर्ने दाबी गर्दै उनले यसको लागि सरकार लागिपरेको जानकारी दिए । यसका साथै राष्ट्रिय आवश्यकताका आधारमा अहिले एमाले र कांग्रेस मिलेर सरकार निर्माण गरिएको बताउँदै उनले अध्यादेशमार्फत ल्याएका कानुन अहिलेको आवश्यकता भएकाले संसद्बाट पारित गर्नुपर्नेमा जोड दिए ।

यस्तै, देशको अर्थतन्त्र सुधारका लागि सबै पक्ष एक भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले अर्थतन्त्रमा सुधार आएमात्र देशको समग्र विकास हुने बताए ।

दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा सुरु अधिवेशनबाट नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीको नयाँ नेतृत्व चयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट