काठमाडौं। कुवेतमा सात जना नेपाली महिला पक्राउ परेका छन् । उनीहरुले घरेलु कामदारलाई भगाएर अर्को साहुलाई बेचेको आरोपमा कुबेत प्रहरीले पक्राउ गरेको हो ।
म्यानपावर कम्पनीको इजाजत पत्र नलिई काम गरिरहेका महिलालाई आर्थिक प्रलोभनमा पारी अवैध हैसियत बनाएर बेचबिखन गर्दै आएको आरोपमा सात नेपाली महिलालाई पक्राउ गरिएको कुवेतबाट प्रकाशित अरब टाइम्सले जनाएको छ ।
पक्राउ परेका नेपाली महिलालाई मानव बेचबिखन सम्बन्धी कानुन अनुसार कारबाही हुने कुबेत प्रहरीले जानकारि दिएको छ।