काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड-माधव पक्षले बुधबार काठमाडाैंमा शक्ति प्रदर्शन गरिरहेकाे छ । शक्ति प्रदर्शनन्तर्गत जुलुस निकालेर नेता तथा कार्यकर्ताहरू भृकुटीमण्डपस्थित सभास्थलमा पुग्न लागेका छन् ।
यसअघि ९ माघमा राजधानीमा विरोधसभा गरिसकेको प्रचण्ड-माधव पक्षले बुधबारको विरोध प्रदर्शन अहिलेसम्मकै ठूलो हुने दाबी गरेको छ ।
सत्तारुढ दल नेकपाको दुवै पक्ष एक अर्कालाई जित्ने गरी प्रदर्शनको होडबाजीमा लागिरहेका छन् ।