काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा आइतबार पनि छापावाल सुन कारोबार भैरहेको छ ।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य शुक्रबारकै मूल्य १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस