काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव पक्षका नेता रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथमा गएर पूजाआजा गरेको विषयमा कडा प्रहार गरेका छन् ।
उनले नबोल्ने पशुपतिनाथलाई होइन बोल्ने पशुपतिनाथलाई खुशी बनाउन सुझाव पनि ओलीलाई दिएका छन्।
पार्टीद्वारा आयोजित विरोधसभामा पन्तले भने, ‘राजा वीरन्द्रले सधैँ पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने गर्थे । तर, उनको वंश नाश भयो । राजा ज्ञानेन्द्रले पनि त्यही भन्ने गर्थे । उनी नारायणहिटीबाट नागार्जुन लखेटिए । अब ओलीजीलाई पशुपतिले के कृपा गर्ने हो हेर्न बाँकी छ ।’