काठमाडौं। प्रचण्ड- नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी ओलीलाई पशुपतिनाथले कल्याण नगर्ने बताएका छन्।
प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै पन्तले यस्तो बताएका हुन्।
पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्रको रक्षा नगरेको पशुपतिनाथले ओलीको पनि कल्याण नगर्ने उनको भनाइ थियो। ‘पुर्वराजा वीरेन्द्रले भाषण गर्दा खेरि अन्तिममा भन्ने गर्थे पशुपतिनाथले हामि सबैको कल्याण गरुनु पन्तले भने, ‘सँधै पशुपति गुहार्ने राजा विरेन्द्रको वंशनै नाश भो पशुपतिनाथले कल्याण गरेनन। राजा ज्ञानेन्द्रले प्रत्येक चोटी भन्ने गर्थे पशुपतिनाथले कल्याण गरुन। पशुपतिनाथले राम्रै कल्याण गरिदिए, नारायणहिटीबाट नागार्जुन पुर्याइदिए।’