काठमाडौं । नेकपा–दाहाल नेपाल समूहका नेता झलनाथ खनालले केपी शर्मा ओलीलाई आफ्नो सभा हेर्न चुनौति दिएका छन् ।
खनालले माघ २३ गते नारायणहिटी अगाडि भएको आफ्नो सभालाई कास्टिङ भन्दै दाहाल नेपाल समूहलाई व्यंग्य गरेको प्रति कटाक्ष गरेर आज प्रदर्शनी मार्गमा भएको सभा हेर्न र आउन भनेका हुन्।
‘केपी ओलीले दरबार भन्दा अगाडि केही हजार मान्छेसँग सभा कस्ता हुन्छन् भनेर कास्टिङ हो भनेर भनेछन्,’ खनालले भने, ‘आउनुस प्रदर्शनी मार्गमा आउनुस् सभा कस्तो हुन्छ हामी देखाउछौँ । सभा भनेको यो हो । नेपालीको आवाज भनेको यो हो ।’
उनले निर्वाचन आयोगका आयुक्तहरुलाई पनि आजको सभा हेरेर पार्टी आधिकारिकताको विषयमा अलमल नगर्न भनेका छन् ।