२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

एमालेले घटायो जनवर्गीय संगठनको पदाधिकारी संख्या

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । नेकपा एमालेले जनवर्गीय संगठनमा केन्द्रीय पदाधिकारीको संख्या घटाएको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

यससँगै एमालेले जनवर्गीय संगठनमा केन्द्रीय पदाधिकारीको संख्या घटाएर ९ जनाको बनाएको छ । यसअघि एमालेका जनवर्गीय संगठनहरूमा १७ सदस्यीय केन्द्रीय पदाधिकारी रहने व्यवस्था थियो ।

एमालेले अध्यक्ष एक जना, उपाध्यक्षमा एक जना महिलासहित २ जना, महासचिव एक जना, उपमहासचिव १ जना र सचिवहरूलाई जिम्मेवारी दिनेगरी (प्रचार, विदेश मामिला र संगठन हेर्नेगरी र आर्थिक जिम्मेवारी हेर्नेगरी कोषाध्यक्षको व्यवस्था गर्ने) ९ जना पदाधिकारी रहने गरी निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट