काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
लगातार तीन दिनदेखि सुनको मूल्य स्थिर रहँदै कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार, शुक्रबारदेखि सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज पनि सोही मूल्यमा कारोबार भैरहेको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहँदै एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस