
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई कार्य सम्पादनमा शून्य अंक दिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले उनलाई आर्थिक वर्ष २०८०/८१ मा गरेको कार्यसम्पादन मूल्यांकनमा शून्य नम्बर दिएको हो ।
ऊर्जा मन्त्रालयले घिसिङले बुझाएको कार्यसम्पादन विवरणका आधारमा नम्बर दिएको जनाएको छ । समयमा विवरण नबुझाएको भन्दै उनलाई शून्य नम्बर दिइएको बुझिएको छ ।
ऊर्जा मन्त्रालयबाट आव २०७८/७९ र २०७९/८० मा गरेको कार्यसम्पादनमा प्रबन्ध निर्देशक घिसिङको क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त गरेका थिए ।
पछिल्लो समय ऊर्जा मन्त्री दीपक खड्का र कुलमान घिसिङबीच डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विषयमा विवाद भइरहेको छ । अहिले दुईबीचको विवाद चरम उत्कर्षमा छ ।
मन्त्री र कुलमानबीच विवादका कारण २ महिनादेखि प्राधिकरणको सञ्चालक समितिको बैठक समेत बस्न सकेको छैन् ।
कुलमानले पेश गरेको दाबी
यो पनि :
ऊर्जा मन्त्री र कुलमान भिडन्तले प्राधिकरण सञ्चालक समिति बैठक अवरुद्ध, विद्युत आयात प्रभावित हुँदै
ऊर्जामन्त्री खड्कालाई कुलमान घिसिङले दिए पदबाट हटाउन चुनौती
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend