२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

निजी क्षेत्रलाई लगानीमा उत्साहित हुने वातावरण बनाउँछौँ : मुख्यमन्त्री आचार्य

सोमवार , फाल्गुण १९, २०८१

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रलाई लगानी गर्ने सहज वातावरण बनाउन लागि परेको बताएका छन् ।

दाङको तुलसीपुरस्थित राप्ती लाइफ केयर अस्पतालको १८औँ वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रलाई लगानीमा उत्साहित हुने वातावरण तयार गर्ने बताए । उनले भने, “तपाईंहरु लगानी गर्न उत्साहित भएर लाग्नुस्, लगानीको वातावरण सरकारले निर्माण गर्छ ।”

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख टीकाराम खड्काले शिक्षा, स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रले खेलेको भूमिका उल्लेख्य रहेको बताए । निजी क्षेत्रको लगानीले पनि राज्यलाई सहयोग पुर्याएको उनको भनाइ थियो ।

२७ करोड रुपैयाँ लगानी गरेर सञ्चालनमा आएको एक सय शय्याको अस्पतालले वार्षिक १७ करोेड ७३ लाख वार्षिक कारोबार गर्दै आएको जनाएको छ । अस्पतालले प्रमाणपत्र तहमा नर्सिङ र सामान्य चिकित्साको कक्षा सञ्चालन गरिरहेको छ, भने आगामी वर्षमा ल्याब र फार्मेसीका कार्यक्रम सञ्चालन गर्ने गरी अनुमति ल्याइसकेको अस्पतालका अध्यक्ष हरि रिजालले बताए ।

अस्पतालले जनरल मेडिसिन, हाडजोर्नी तथा नसा, प्रसूति तथा स्त्रीरोग, जनरल सर्जरी, नवजात तथा बालरोग, नाक, कान, घाँटी रोग, मानसिक तथा नशा रोग, रेडियोलोजिस्ट, एनेसथेसिया तथा कृटिकल केयर न्यूरो, फेजिसियनलगायतका विशेषज्ञ सेवा प्रदान गरेको छ ।

अस्पतालले १० प्रतिशत श्यया निःशुल्क उपलब्ध गराउँदै आएको छ । त्यस्तै नर्सिङ र सामान्य चिकित्सा अध्ययनरत १० प्रतिशत विद्यार्थीलाई निःशुल्क अध्यापन पनि गराउँदै आएको जनाएको छ । अस्पतालमा दुईसय नौ जनाले रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट