logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सोधपुछका लागि प्रहरीले बोलाएपछि झाँक्री भन्छिन्: ‘घरमै लिन आएछन् भने जान्छु’ 

    सोधपुछका लागि प्रहरीले बोलाएपछि झाँक्री भन्छिन्: ‘घरमै लिन आएछन् भने जान्छु’ 

    1.9K
    Shares

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका नेतृ रामकुमारी झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी बारे दिएको अभिव्यक्ति बारे सोधपुछ गर्नका लागि प्रहरीले बोलाएको छ । 

    बिहीबार बिहान १० बजे उपस्थित हुन भनिएपनि अहिलेसम्म उपस्थित नभएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा सुनौलो नेपालसँग बताए । उता नेतृ झाँक्रीले पनि आफूलाई सोधपुछका लागि बोलाएको तर नगएको बताएकी छिन् । उनले भनिन्, ‘हो, मलाई बोलाएको हो तर गएको छैन । घरमै लिन आए भने जान्छु ।’

    एसएसपी थापाले राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई सोधपुछका लागि बोलाइएको सुनौलो नेपाल डटकमसँग बताए ।

    नेतृ झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा भनेकी थिइन्- ‘मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ।’

    झाँक्रीले दिएको सो अभिव्यक्ति प्रति निकै आलोचना समेत भएको थियो । यद्यपी उनले भने व्यक्ति र लिंगको नभई पदको आलोचना गरेको बताउँदै आएकी छिन् । मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend