आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

इच्छाशक्ति र सृजनशील क्षमताका धनी ओली अब्बल एंव लोकप्रिय राजनेता हुन् : पूर्वराष्ट्रपति भण्डारी

इच्छाशक्ति र सृजनशील क्षमताका धनी ओली अब्बल एंव लोकप्रिय राजनेता हुन् : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली अब्बल एंव लोकप्रिय राजनेता भएको बताएकी छन् । ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज यहाँ लोकार्पण गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन् ‘अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सृजनशील क्षमताका धनी प्रधानमन्त्री ओली एक अब्बल एंव लोकप्रिय राजनेता हुनुभएको छ ।’

उनले राजनीतिक दलहरूले जस्तो सुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आर्दशलाई आत्मसात् गर्नुपर्ने बताइन् ।

उनले बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रूपान्तरण गर्ने लक्ष्य लिएको नेकपा (एमाले) लाई कुनै पनि राजनीतिक घटना परिघटनाले विचलित तुल्याउन नसक्ने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “एमालेसँग जनआधारित, अनुशासित एवं समर्पित कार्यकर्ता र सदस्यहरूको विस्तारित पंक्ति, अनुभवी, संयमित र दृढ सङ्कल्प भएको नेतृत्व तह तथा समृद्धि हासिल गर्न मार्गदर्शनका रूपमा मौलिक सिद्धान्त छ । मुलुकको राजनीतिक, सामाजिक, आर्थिक परिवर्तन गर्न एमाले अध्यक्ष प्रधानमन्त्री ओली रहनुभएको छ । यो पार्टीको महत्वपूर्ण योगदान दिइरहेको छ ।”

अध्यक्ष ओलीले एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रिक, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ गर्न खेलेको भूमिकाको उनले सराहना गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले यो पुस्तकले प्रधानमन्त्री ओलीले आफ्नो सङ्घर्षमय जीवन र राजनीतिक यात्रालाई अघि बढाउने सन्र्दभमा देखेको महान सपना, गरेको अथक सङ्घर्ष र अगालेको विशिष्ट सङ्कल्पलाई थप उजागर गरी जनमानससम्म पुर्याउन योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

पुस्तकले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल, सुखी नेपाली बनाउने लक्ष्य साकार पार्ने दिशामा थप हौसला प्रदान गर्ने उनको विश्वास थियो । “महाभूकम्पले भत्काएको संरचना पुनःनिर्माण गर्न देखाउनुभएको सक्रियता र त्यसमा प्राप्त सफलता, कोरोना महामारी नियन्त्रण तथा प्रभावितको उपचारमा देखाउनुभएको प्रभावकारी व्यवस्थापन एवं आर्थिक समृद्धि हासिल गर्न उहाँमा भएको हुटहुटी मैले नजिकबाट अवलोकन गरेको छु”, उनले भनिन्, “ओलीको प्रभावकारी कार्यक्षमता र महत्वपुर्ण अनुभवको मुलुकले भरपुर उपयोग गर्नुपर्छ । अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सृजनशील क्षमताका धनी प्रधानमन्त्री ओली एक अब्बल एंव लोकप्रिय राजनेता हुनुभएको छ ।”

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend