logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • राज्यविरुद्धको कसुर गरेको आरोपमा नेतृ रामकुमारी झाँक्री पक्राउ

    राज्यविरुद्धको कसुर गरेको आरोपमा नेतृ रामकुमारी झाँक्री पक्राउ

    5.7K
    Shares

    काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।   

    राज्यविरुद्धको कसुर गरेको आरोपमा नेतृ झाँक्रीलाई प्रहरीले पक्राउ गरेको हो। 

    झाँक्रीलाई उनकै निवास शंखमुलबाट प्रहरीले पक्राउ गरेको हो। बिहीबार बिहान १० बजे प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएपनि झाँक्री नगएपछि घरमै गएर पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए । 

    झाँक्री पक्राउ परेपछि  उनका समर्थकले नाराबाजी गरेका छन्। समर्थकले ‘केपी चोर देश छोड’, ‘प्रहरी दमन बन्द गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन्। 

    pakrau purji.jpg

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend