२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

कुलमानको बचाउ गर्दै आएका ऊर्जा राज्यमन्त्री तामाङको मुख बन्द

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बचाउ गर्दे आएका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ एका एक पछि हटेका छन् ।

पछिल्लो समय विभागीय मन्त्री दीपक खड्काविरुद्ध कुलमानको बचाउ गर्दै आएका राज्यमन्त्री तामाङलाई कांग्रेस सभापति शेरबहादुर देउवाले हटाउने चेतावनी दिएपछि उनी अहिले चुप लागेका हुन् ।

विभागीय मन्त्री खड्का र कार्यकारी निर्देशक घिसिङबीच अहिले चरम द्धन्द्ध भइरहेको छ । कुलमानलाई हटाउन ऊर्जा मन्त्री खड्काले पटक पटक स्पष्टिकरण सोधेका छन् ।

ऊर्जा मन्त्री खड्का र कुलमानबीच गत साउनदेखि सुरु भएको खटपट अहिले भिडन्तको अवस्थामा पुगेपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पनि हटाउन राजी भएको स्रोतको भनाई छ । यसअघि देउवाले कुलमानलाई हटाउनु हुन्न भन्दै अडान लिएका थिए ।

कुलमानले मन्त्री खड्कालाई मन्त्रालयले स्पष्टिकरण सोध्न नमिल्ने र हटाएर देखाउन चेतावनी दिएका छन् ।

विभागीय मन्त्री खड्काका विरुद्धमा लागेपछि पार्टी सभापति देउवाले हटाउने चेतावनी दिएपछि उनी बोल्न छाडेकोको मन्त्रालय स्रोतले बताएका छन् । अहिले राज्यमन्त्री तामाङको मन्त्रालय आउने क्रम पातलिएको स्रोतको भनाई छ ।

देउवाको चेतावनीपछि राज्यमन्त्री तामाङले कुलमान अघि नै आफू मन्त्रीबाट विदा हुने भन्न थालेको उनी निकट स्रोतले सुनौलो नेपाललाई बतायो ।

राज्यमन्त्री तामाङले कुलमानले लोडसेडिङ हटाएको, निरन्तर फिल्डमा रहेर काम गरिरहेको भन्दै हटाउनु नहुने अभिव्यक्ति दिँदै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट