२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सरकारले कुलमानलाई हटाउन खोजे सडक र सदनबाट आवाज उठ्छ : ज्ञानेन्द्र शाही

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन खोजे सडक र सदन दुईटैबाट आवाज उठ्ने बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कुलमानलाई हटाउनु भनेको नेपाललाई अन्धकारतिर धकेल्नु जस्तै भएको बताए । घिसिङले प्राधिकरणलाई नाफामा लगेको उनले बताए ।

उनले भने, ‘कुलमान घिसिङलाई हटाउने जो प्रपञ्च गरिँदैछ र मन्त्रिपरिषद्बाट निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ । यदि कुलमान घिसिङलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको ठानेर सडक र सदन दुईवटैबाट आवाज उठ्छ ।’

नेपालबाट लोडसेडिङ हट्नुमा घिसिङको कार्य महत्त्वपूर्ण रहेको बताउँदै यस्तो व्यक्तिलाई कार्यसम्पादन मुल्यांकनमा शून्य नम्बर कसरी दिइएको भनेर पनि उनले प्रश्न गरे ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट