
काठमाडौं । चर्चामा नआएको व्यवसायिक घरना केयाल ग्रुपले सञ्चालन गरिरहेको तीन स्टिल उद्योगले साढे ५ अर्ब रुपैयाँको व्यापार गरेको छ ।
ग्रुपले सञ्चालन गरिरहेको नारायणी रोलिङ मिल्स, श्रीकृष्ण स्टिल र नारायणी स्टिल उद्योगहरुले एक वर्षमा ५ अर्ब ५३ करोड १० लाख रुपैयाँ बिजनेस गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
सन् २०२३ मा तीन उद्योगले ५ अर्ब ८१ करोड ७० लाख रुपैयाँको स्टिल व्यापार गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योगको व्यापारमा गिरावट आएको छ । अर्थतन्त्र सुस्त हुँदा पछिल्ला वर्षमा उद्योगको स्टिल व्यापार खस्किएको छ ।
सबैभन्दा बढी व्यापार गर्नेमा नाराणी रोलिङ मिल्स रहेको छ । नारायणी रोलिङसको कूल स्टिल व्यापार २ अर्ब ७० करोड ६० लाख रुपैयाँ छ । अघिल्लो वर्ष २०२३ मा नारायणी रोलिङसले २ अर्ब ८० करोड ३० लाख रुपैयाँ थियो ।
यस्तै नारायणी स्टिलको व्यापार १ अर्ब ९८ करोड ५० लाख रुपैयाँ रहेको छ । २०२३ मा उद्योगले २ अर्ब १५ करोड १० लाख रुपैयाँ छ । यस्तै श्रीकृष्ण स्टिलले ८४ करोड रुपैयाँ कारोबार गरेको छ । २०२३ मा ८६ करोड ३० लाख रुपैयाँ छ ।
श्री कृष्ण स्टिलको ऋण १ अर्ब ४१ करोड ३८ लाख रुपैयाँ छ । यस्तै नारायणी स्टिलको १ अर्ब १९ करोड ८३ लाख र नारायणी रोलिङको १ अर्ब ६९ करोड २१ लाख रुपैयाँ छ ।
यसबाहेक ग्रुपका खाद्यान्न र व्यापार कम्पनी पनि सञ्चालनमा छन्। ग्रुपका १० उत्पादन तथा प्रशोधन उद्योग छन् भने एक व्यापार र एक जीवन बिमा कम्पनीमा लगानी छ ।
ग्रुपअन्र्तगतको ग्रुपले जस्ता उत्पादन गर्ने नारायणी स्पात र नारायणी स्टिल उद्योग पनि सञ्चालनमा छ । गोरखा वायर इन्डस्ट्रिज, स्टार सिमेन्ट, उद्योग, एसिसी ब्लक इन्डस्ट्रिज, गोरखा फिड इन्डस्ट्रिज, नारायणी फुड प्रडक्ट प्रालि सञ्चालनमा छन् । केयालको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा लगानी रहेको छ ।
केयाल ग्रुप वीरगन्जमा रहेको पुरानो पारिवारिक व्यवसाय हो । व्यावसायिक सुरुवात सय वर्षभन्दा पुरानो हो । ग्रुपका अध्यक्ष सत्यनारायण केयालका हजुरबुबा गौरीशंकर केयालले व्यवसाय सुरु गरेका थिए । पहिला गजानन्द बालमुकुन्द नामक सानो कपडा व्यापार थियो ।
पछि व्यवसाय विस्तार हुँदै गयो । वर्तमान अध्यक्ष सत्यनारायण केयाल सन् १९८६ मा पारिवारिक व्यवसायमा आबद्ध हुँदा उनले उत्पादन क्षेत्रमा लगानी बढाएका हुन् । केयाल ग्रुप बाहिर त्यति चर्चामा छैन ।
गौरिशंकर केयालका छोरा गुलाब राई केयालले १९५१ मा वीरगन्जमा काठ र चामल मिल स्थापना गरेर पारिवारिक व्यवसाय विस्तार गरेका थिए
ग्रुपले १९९३ मा नारायणी रोलिङ मिल्स स्थापना गरेको थियो । त्यसको एक वर्षपछि उद्योगले स्टिल उत्पादन गर्दै सञ्चालन सुरु गरेको थियो । सन् १९९९ मा श्री कृष्ण स्टिल्स स्थापना भएको हो । ग्रुपले स्टिल २००५ मा स्टार सिमेन्ट उद्योगले व्यापार सुरु गरेको हो । ग्रुपको अध्यक्षमा सत्यनारायण केयाल छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend