काठमाडौँ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको छ ।
बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि फागुन १३ गते सुनको भाउ १ लाख ७१ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।
बिहीबार चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँमा कारोबार भएकोमा बिहीबारका लागि प्रतितोला १९८५ तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस