२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

नेपालकै ठूलो कागज उद्योग आज प्रधानमन्त्रीले उद्घाटन गर्दै

बिहिवार , फाल्गुण २२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शार्मा ओलीले नेपालकै ठूलो कागज उद्योग 'नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि' को आज उद्घाटन गर्दै छन् ।

प्रालिले नेपालमै खेर गैरहेका कच्चापदार्थ र जनशक्ति परिचालन गरी नेपालमै उच्च गुणस्तरका पेपर उत्पादन गर्नका लागि महोत्तरीको गौशालामा २ अर्ब रुपैयाँ लगानीमा कागज कारखाना सञ्चालनमा ल्याएको हो । आज सोही उद्योगको प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

मुलुकमा लगानीको वातावरण छैन भन्ने भाष्य बनिरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने यही अवसरलाई सदुपयोग गर्दै आक्रामक रुपमा लगानी बढाइरहेका छन् ।

केबुलकार, होटल र जलविद्युतमा लगानी बढाइरहेका बेला ढकालले महोत्तरीको गौशालामा कागज कारखाना सञ्चालनमा ल्याएका हुन् ।

नेपालमा वार्षिक झण्डै डेढ लाख टन कागज खपत भइरहेको छ । प्रायः सबै कागज विदेशबाट आयात हुँदा अर्बौँ रुपैयाँ मुलुकबाट बाहिरिएको अवस्था छ ।

यति मात्र हैन हामी नेपाली सामान्य लेख्ने र पढ्नेदेखि फोटोकपी, ट्वाइलेट र टिस्यु पेपरसम्ममा पनि विदेशमा निर्भर छौँ ।

यही निर्भरता र निराशाको खाल्डोमा आशाको दियो जगाउँदैछ ढकालको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज । उद्योगले आन्तरिक कच्चापदार्थ र जनशक्ति परिचालन गरी स्वदेशमै उच्च गुणस्तरका कागज उत्पादन गर्न थालेको छ ।

कागज कारखाना महोत्तरीको गौशाला नगरपालिका १ स्थित रामनगरमा छ । २०७८ सालमा शिलान्यास भएको उद्योगले गत पुसदेखि कागज उत्पादन थालेको हो ।

दैनिक ७५ मेट्रिक टन कागज उत्पादन गर्ने क्षमता रहेको नेपाल पल्पले निकट भविष्यमा क्षमता बढाएर दैनिक १ सय ५० टन पुर्याउने लक्ष्य राखेको छ ।

उद्योगले वार्षिक रुपमा आयात हुँदै आएको झण्डै डेढ लाख टन मध्ये करिब ४० हजार टन कागज स्वदेशमै उत्पादन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट